खरिपाटी क्वारेन्टाइनबाट घर पठाइएका ४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२३ जेठमा यूएईबाट नेपाल आएर खरिपाटीको क्वारेन्टाइनमा बसेका उनीहरुमा कोरोना देखिएको हो । १४ दिन क्वारेन्टाइन बसेका उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको भएपछि रिपोर्ट आउन ढिलाई भएपछि मंगलबार घर पठाइएको थियो ।
घर गएका मध्ये एक महिला र तीन पुरुषमा आज कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिए लगत्तै उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिने भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा