Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खरिपाटी क्वारेन्टाइनबाट घर पठाइएका ४ जनामा कोरोना पुष्टि

खरिपाटी क्वारेन्टाइनबाट घर पठाइएका ४ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२३ जेठमा यूएईबाट नेपाल आएर खरिपाटीको क्वारेन्टाइनमा बसेका उनीहरुमा कोरोना देखिएको हो । १४ दिन क्वारेन्टाइन बसेका उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको भएपछि रिपोर्ट आउन ढिलाई भएपछि मंगलबार घर पठाइएको थियो ।

घर गएका मध्ये एक महिला र तीन पुरुषमा आज कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिए लगत्तै उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिने भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार