सुदूरपश्चिममा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा थप एक सय १८ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा आज एक सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कञ्चनपुरमा ६० जना, बझाङमा १८ जना, अछामका १३ जना, डडेल्धुराका १२ जना, बाजुराका ८ जना, कैलाली र बैतडीका तीन तीन जना र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएकोहो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका चार महिला र नौँ पुरुष गरी १३ जना, बैतडीका एक पुरुष, बझाङका तीन महिला र १३ पुरुष गरी १६ जना, बाजुराका दुई महिला र दुई पुरुष गरी चार जना, डडेल्धुराका एक महिला र ११ पुरुष गरी १२ जना र कैलालीका दुई पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई जना, बैतडी, दार्चुला र कैलालीका एक र एक जनामा कोरोना पुष्टि भएको उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एक÷एक पुरुषमा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ६ सय ६७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ११ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै डोटीमा दुई सय ९ डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५४, बैतडीमा एक सय ६३, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा