Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २६ पुग्यो

मृत्यु हुने मिर्गौला प्रत्यारोपण गराएका व्यक्ति

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २६ पुग्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाटन अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । ५ महिनाअघि  मात्र मिगौंला प्रत्यारोपण गरेका ललितपुरको महालक्ष्मीस्थानमा बस्ने चितवनका ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका हुन्। मिर्गौला प्रत्यारोपण गरेपछि भने उनी यहीं नै बस्दै आएको बताइएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मानव अंग प्रत्यारोपण केन्द्रमा गएका थिए ।

उनलाई १६ दिन सोही अस्पतालमा राखेर उपचार गरिएको र आइसीयू चाहिने भएपछि नर्भिक अस्पताल पठाइएको थियो। त्यसअघि नै अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु अस्पताल पठाएका थिए । उनी नर्भिक अस्पताल गएकै दिन कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल लगिएको थियो । पाटन अस्पतालको आइसीयूमा उपचार भइरहेको बेला उनको आज मृत्यु भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार