पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २६ पुग्यो
मृत्यु हुने मिर्गौला प्रत्यारोपण गराएका व्यक्ति
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाटन अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । ५ महिनाअघि मात्र मिगौंला प्रत्यारोपण गरेका ललितपुरको महालक्ष्मीस्थानमा बस्ने चितवनका ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका हुन्। मिर्गौला प्रत्यारोपण गरेपछि भने उनी यहीं नै बस्दै आएको बताइएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मानव अंग प्रत्यारोपण केन्द्रमा गएका थिए ।
उनलाई १६ दिन सोही अस्पतालमा राखेर उपचार गरिएको र आइसीयू चाहिने भएपछि नर्भिक अस्पताल पठाइएको थियो। त्यसअघि नै अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु अस्पताल पठाएका थिए । उनी नर्भिक अस्पताल गएकै दिन कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल लगिएको थियो । पाटन अस्पतालको आइसीयूमा उपचार भइरहेको बेला उनको आज मृत्यु भएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित