Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न खोज्दा पोखरामा झडप

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न खोज्दा पोखरामा झडप

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्न खोज्दा पोखरामा स्थानीय र प्रहरीविच झडप भएकाे छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा उपचारका क्रममा ती संक्रमित व्यक्तिको बुधबार राती मृत्यु भएको थियो । उनको शवलाई पोखरा महानगरपालिका–३१ मजुवामा रहेको सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका छन् । झडपकाविच पनि नेपाली सेनाले उनको शव भने व्यवस्थापन गरेको छ।

शव गाड्नका खाल्डो बनाउँदै गर्दा स्थानीयले घाटतर्फ जाने बाटो केही समय अवरोध समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षप गर्दा सामान्य झडप समेत भएको थियो । झडपमा केही स्थानीय घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार