संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
हेल्थ टिभी अनलाइन\ काठमाडौं: पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको मृत्युपछि आज इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
अस्पतालमा बुधबार कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन र अस्पताल डिस्इन्फेक्ट गर्न पर्ने भएकाले इमर्जेन्सी बाहेककाे अन्य सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए । उनले शव व्यवस्थापनपछि शुक्रबारदेखि पुन: सेवा शुरु हुने जानकारी दिए ।
मधुमेह र निमोनियाबाट ग्रसित स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुष उपचारका लागि गत असार ८ गते अस्पताल भर्ना भएका थिए । बुधबार राती उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा