Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

हेल्थ टिभी अनलाइन\ काठमाडौं: पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको मृत्युपछि आज इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुने भएको छ ।

अस्पतालमा बुधबार कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन र अस्पताल डिस्इन्फेक्ट गर्न पर्ने भएकाले इमर्जेन्सी बाहेककाे अन्य सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए । उनले शव व्यवस्थापनपछि शुक्रबारदेखि पुन: सेवा शुरु हुने जानकारी दिए ।

मधुमेह र निमोनियाबाट ग्रसित स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुष उपचारका लागि गत असार ८ गते अस्पताल भर्ना भएका थिए । बुधबार राती उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार