भारतमा बढ्दो कोरोना कहर: एकैदिन झण्डै १७ हजारमा संक्रमण
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना कहर दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
गत २४ घण्टामा मात्रै भारतमा झण्डै १७ हजार कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन १६ हजार ९२२ जनामा कोरोना पुष्टि भएको छ भने ४२४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा हालसम्म ४ लाख ७३ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बताइएको छ । यी मध्ये १४ हजार ८ सय ९४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये २ लाख ७१ हजार जना उपचारपछि निको भएर घर फर्केका छन्। भारत संक्रमितको संख्याको हिसाबले सबैभन्दा बढी प्रभावित हुने देशहरुमध्ये चौंथो नम्बरमा पर्छ । अमेरिका, ब्राजिल, रुस पछि भारतमा संक्रमितको संख्या धेरै रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा