Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा बढ्दो कोरोना कहर: एकैदिन झण्डै १७ हजारमा संक्रमण

भारतमा बढ्दो कोरोना कहर: एकैदिन झण्डै १७ हजारमा संक्रमण

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना कहर दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

गत २४ घण्टामा मात्रै भारतमा झण्डै १७ हजार कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन १६ हजार ९२२ जनामा कोरोना पुष्टि भएको छ भने ४२४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा हालसम्म ४ लाख ७३ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बताइएको छ । यी मध्ये १४ हजार ८ सय ९४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये २ लाख ७१ हजार जना उपचारपछि निको भएर घर फर्केका छन्। भारत संक्रमितको संख्याको हिसाबले सबैभन्दा बढी प्रभावित हुने देशहरुमध्ये चौंथो नम्बरमा पर्छ । अमेरिका, ब्राजिल, रुस पछि भारतमा संक्रमितको संख्या धेरै रहेको छ ।

थप समाचार