Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको प्रतिष्ठानकाका सहप्रध्यापक डाअर्जुन आचार्यले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

असार ८ गते अस्पताल भर्ना भएका उनमा गम्भीर निमोनिया र मधुमेहको समस्या  देखिएको थियो । उनलाई अस्पतालले आइसीयूमा राखेर उपचार शुरु गरेको भए पनि हिजो राति निधन भएको हो । यसभन्दा अघि पनि एक जना संक्रमितको उपचारकै क्रममा सो अस्पतालमा मृत्यु भएको थियो । बिहिबार बिहान गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार