स्याङ्जा,गोरखा र कास्कीमा थप १३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज साँझ ६:४५ बजे गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै तीन जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बुधबार साँझ संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जा गल्याङ नगरपालिकाका ७ जना, कास्की पोखरा नगरपालिकाका ४ जना र गोरखाका २ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा