स्याङ्जा,गोरखा र कास्कीमा थप १३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज साँझ ६:४५ बजे गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै तीन जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बुधबार साँझ संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जा गल्याङ नगरपालिकाका ७ जना, कास्की पोखरा नगरपालिकाका ४ जना र गोरखाका २ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा