सुदूरपश्चिममा एकैदिन २७२ जनामा संक्रमण, संक्रमितको संख्या १५ सय नाघ्यो
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५ जना, कैलालीका ९ महिला र ३९ पुरुषसहित ४८ जना, डोटीका १० महिला र ३८ पुरुष गरी ४८ जना, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
यसैगरी आजै वीर अस्पतालको प्रयोगशालामा अछामका एक महिला र १३ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा