बाँकेको वैजनाथ र कोहलपुरमा थपिए ११ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गदै बाँके र बर्दिया गरी थप १२ जनामा कोरोना पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके बैजनाथका ९ जना, कोहलपुर-२ का २ जना रहेका छन्। यसैगरी ठाकुरबाबा -२ बर्दियाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गत ४ दिनमा गरिएको कुन परीक्षण ९५२ मध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा असार ६ देखि तीनदिनसम्म गरिएका कुनै पनि परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थिएन ।
आज संक्रमित हुनेहरु ३ वर्षका बालकदेखि ४३ वर्षसम्मका पुरुष रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा