कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीमा देखियाे कोरोना
हेल्थ टिभी अनलाइन\काठमाडौं: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा मंगलबार गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका निर्देशक डा मंगल रावलले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको जनाएका हुन्। उनले स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अरुमा संक्रमण फैलिन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएका छन्।
यसका साथै संक्रमितको सम्पर्कमा रहेका अन्य स्वास्थ्यकर्मीको पनि परीक्षण गरिने भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित