गण्डकी प्रदेशमा मंगलबार साँझ थपिए १०४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा आज साँझ थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ७ जिल्ला गरी १०४ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका ७ जना, पर्वतका २१ जना नवलपरासी बर्दघाट सुस्ता पूर्वका २१ जना, तनहुँका १ जना,स्याङ्जाका १३ जना रहेका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गोराखाका १८ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्ता पूर्वका १७ जनामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिनेछ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम