नेपाल क्यान्सर अस्पतालमा कोभिड-१९को जोखिम न्यूनीकरण सम्बन्धी छलफल
हेल्थ टिभी अनलाइन\ काठमाडौं: हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले होम आइसोलेसनमा बस्दा संक्रमितहरुले अपनाउनुपर्ने सावधानीकाबारेमा छलफल गरेको छ । सोमबार अस्पतालमा गरिएको छलफल कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीको सहभागिता रहेको थियो ।
अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु, अझ विशेषत बिरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिहालेमा र तुरुन्त अस्पतालमा भर्ना गर्न नपर्ने स्थिति देखा परेमा घरैमा बसी सुरक्षित रुपमा कसरी कोभिड- १९ सँग लड्न सकिन्छ भन्ने विषयमा हस्पिटलका सर्जिकल नर्सिङ्ग विभागका सुपरभाइजर सबिता पौडेल तथा सर्जिकल रजिस्ट्रार डा. आतिश दर्शन वज्राचार्यले आफ्नो भनाईहरु राखेका थिए ।
कोभिड १९ को महामारीले विश्वव्यापी रूप लिईसकेको र यसको विरुद्धमा कुनै पनि औषधि र खोप नबनेकाले अबका दिनहरुमा कसरी आफू,क्यान्सरका बिरामी,परिवार र अस्पतालका कर्मचारीलाई सुरक्षित हुन सकिन्छ भन्ने विषयमा छलफल भएको सर्जिकल नर्सिङ्ग विभागकी सुपरभाइजर सबिता पौडेलले जानकारी दिईन्। छलफल कार्यक्रममा कोरोनाबाट संक्रमित भइहालेमा पनि घरमै बसेर हल्का लक्षण भएका संक्रमितहरुले आफ्नो सफाई, मास्कको प्रयोग तथा अन्य स्वच्छ आनीबानीको प्रोत्साहन गरेमा आफूबाट अरुमा हुने संक्रमण धेरै नै हदसम्म निर्मुल पार्न सकिने बताइएको थियो ।
संक्रमितले सकेसम्म छुट्टै सुत्ने कोठा तथा शौचालयको प्रयोग गर्ने, आफूले प्रयोग गरेको मास्क, टिस्यु पेपर जस्ता भाइरसको संचय हुने वस्तुहरुको प्रयोगपछि उचित व्यवस्थापन गर्ने कार्यहरुले संक्रमणको जोखिम धेरै कम हुने डा दर्शन वज्राचार्य बताए । क्यान्सरका बिरामीमा जोखिम अझ धेरै हुने भएकाले उनीहरुले अझ विशेष सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित