गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज साँझ विज्ञप्ति जारी गर्दै ८ जिल्लाका ५३ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका १७ जना, स्याङ्जाका ९ जना, बाग्लुङका ८ जना,गोरखाका ११ जना, लमजुङका ५ जना, पर्वतका १ जना, नवलपुरका १ जना र कास्कीका १ जना गरी ५३ जना रहेका छन्।
हाल उनीहरु सबै क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भए लगत्तै उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको पनि निर्देशनालयले जनाएको छ । उनीहरुको हालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा