Health TV Online
Health TV Online
Health TV Online

कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

शेर भण्डारी\डडेल्धुरा : कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको आज साँझ मृत्यु भएको हो।

उनलाई हिजो मात्रै घर पठाईएकोमा आज साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। उनी भारतबाट आएर जिल्लाको क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य मन्त्रालयको नयाँ कार्यविधि अनुसार उनलाई १४ दिनपछि परीक्षण नै नगरी आइतबार घर पठाइएको थियो ।

उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टाइनबाट घर पठाईएको थियो। मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भईरहेको उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार