नेपालमा रसुवा बाहेक सबै जिल्लामा पुग्यो कोरोना भाइरस
हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण सोमबारसम्म ७६ जिल्लामा फैलिएको बताएको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत माघबाट देखिन थालेको कोरोना संक्रमण बाग्मती प्रदेशको रसुवा बाहेक सबै जिल्लामा फैलिएको बताएका हुन्। उनका अनुसार नेपालको ७७ जिल्लामध्ये एउटा रसुवा जिल्लामा मात्र कोरोना भाइरसको संक्रमित फेला परेका छैनन्। नेपालमा पहिलोपटक गत माघ १० गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । त्यसबेला उनको कोरोना पुन: पुष्टि गर्नका लागि स्वाबको नमुना हङकङ पठाइएको थियो ।
आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगिसकेको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै ६ हजार १९८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ९० हजार ७३० रहेको छ । संक्रमित भएर विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचारमा रहनेको संख्या ७ हजार ७ सय ८९ रहेको छ । यसैगरी हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ रहेको पनि मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित