कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखियो
हेल्थ टिभी अनलाइन\काठमाडौं : कर्णाली प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भएको अस्पतालले पुष्टि गरेको छ । प्रदेश अस्पतालको इमरजेन्सीमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पुष्टि भएपछि उनीहरुको परीक्षण गरिएको थियो ।
संक्रमितको सम्पर्कमा आएका ४२ जनालाई क्वारेन्टाइनमा राखी स्वाब लिइएको थियो । ती मध्ये ५ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार यसरी कोरोना पुष्टि हुनेहरुमा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी ४ जना र एक्सरेमा काम गर्ने १ जना भएको बताइएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आइसोलसनमा राखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा