भारतमा एकैदिन थपिए झण्डै १५ हजार कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: भारतमा एकैदिन झण्डै १५ हजार कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा एकैदिन ४४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म भारतमा ४ लाख २५ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १३ हजार ६ सय ९९ जनाको मृत्यु भइसकेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । तीन महिनादेखि लकडाउन जारी राखे पनि त्यहाँ संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा