स्याङ्जा र नवलपरासीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै सोमबार बिहान दुई जिल्ला गरी थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२० पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष, कालिगण्डकी गाउँपालिकाका २ जना पुरुष रहेका छन्। यसैगरी नवलपरासी पूर्व बौदिकालिका गाउँपालिकाका ८ जना पुरुष रहेका छन्।
निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार उनीहरु सबै जना भारतबाट आएका हुन्। उनीहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनका लैजाने तयारी भैरहेको पनि डा शर्माले जनाए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा