कोरोना जितेर डिस्चार्ज भए कैलालीका वडाअध्यक्ष
हेल्थ टिभी अनलाइन: कैलालीको गोदावरी नगरपालिकाका पहिलो कोरोना संक्रमित कोरोना जितेर आइतबार घर फर्किएका छन।
गोदावरी नगरपालिका–१ का वडाअध्यक्ष तथा नगरपालिकाको कोरोना सचेतना र उद्दारका लागि बनाइएको टास्क फोर्सका संयोजक समेत रहेका शर्मानन्द भट्ट आज कोरोना जितेर घर फर्किएका हुन।
पीसीआर रिपोर्ट नगेटिभ आएका भट्टलाई नगरपालिकाले स्थापना गरेको आइसोलेसनबाट नगरप्रमुख हरीसिंह साउँदले फूल गुच्छा दिएर विदाई गरेका थिए ।
१४ दिनको आइसोलेसन बसाईपछि कोरोना जितरे घर फर्कने क्रममा भट्टले संचारकर्मीहरुसँग आफूलाई कोरोना जित्नको लागि मनोबल बढाउन हौसला दिने सम्पुर्णलाई धन्यवाद दिए। उनले भने, ‘अरुको उद्धारमा खटिएकै समयमा म पनि संक्रमित हुन पुगे । उच्च मनोबलले कोरोना जित्न सकिने रहेछ भन्ने लागेको छ ।’
उनले कोरोना जित्नको लागि सबैभन्दा ठुलो कुरा उच्च मनोबल नै भएकाले कोरोना लाग्दैमा नआत्तिन आग्रह पनि गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा