क्यान्सर पीडित दिनालाई क्यान्सर सर्भाइभर्स सोसाइटीको सहयोग
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सर पीडित दिना परियारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपालगंज खजुराकी २४ वर्षीया क्यान्सर पीडित दिना परियारले अस्पतालमा उपचार खर्च तिर्न नसकेर डिस्चार्ज हुन नसकेको समाचार आइतबार हेल्थ टिभी अनलाइनमा प्रकाशित भएको थियो । त्यही समाचार प्रकाशित भएपछि सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रमिता खनालले सम्पर्क गरी आज शिक्षण अस्पताल पुगी १० हजार रुपैयाँ सहयोग गरेकी हुन्। सहयोग रकम हस्तान्तरण गर्दै खनालले तत्कालका लागि यति सहयोग गरेको भए पनि आगामी दिनमा अन्य सहयोग गर्ने आश्वासन समेत दिईन्।
दिना १० महिनादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर क्यान्सरको उपचार गराउँदै आएकी छिन्। उनको उपचार पूरा भएको र अब अस्पताल बस्नुपर्ने बाध्यता नरहेको भन्दै डाक्टरले डिस्चार्ज हुन बारम्बार भने पनि उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज हुन सकेकी छैनन्। उनले आफूलाई अस्पातालबाट निस्कन सहयोग गरिदिन सबैसँग अनुरोध गरेकी छिन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त