थप ४२१ जनामा देखियो संक्रमण, नेपालमा संक्रमितको संख्या ९ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा गत २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्ला गरी थप ४२१ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
उनका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९४ जना कोरोना जितेर घर फर्केका छन्। योसँगै कोरोना जितेर घर जानेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
गत २४ घण्टामा देशभरका २२ प्रयोगशालामा गरिएको पीसीआर परीक्षण ६ हजार ८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ७५ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा