डडेल्धुरामा आइसोलेसनबाट भागेका ८ जना कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा
शेर भण्डारी \डडेल्धुरा: डडेल्धुरामा आइसोलेसनमा रहेका ८ जना कोरोना संक्रमित भागेका छन्।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–१२ मा रहेको शिद्धनाथ आधारभुत विद्यालयको आइसोलेसनमा रहेका संक्रमित शनिबार भागेका हुन्।
वडा नं ५ मा रहेको क्वारेन्टाइनबाट शुक्रवार कोरोना परीक्षण पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राख्ने भनेर शिद्धनाथ आधारभूत बिद्यालयमा लगिएको थियो ।
भागेकाहरुलाई नियन्त्रणमा लिएर आइसोलेसनमा राखिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। शुक्रबार राती र शनिबार दिनभरि आफूहरुलाई भोकै राखेको र अन्य कोरोना पोजेटिभ गाँउमा नै बसेकोले आफूहरु भागेको संक्रमितहरुको बताएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा