Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: सुदूरपश्चिममा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष गरी १२ जना र कैलालीका १ पुरषमा कोरोना पुष्टि भएको हो ।

यसैगरी शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको बताइएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार