नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार आज थपिएका ३३१ सहित नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५सय ७८ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमणका कारण २२ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा