मिर्गौला प्रत्यारोपण गरेका कोरोना संक्रमितको अवस्था गम्भीर, पाटन अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन\काठमाडौं : मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराएका एक बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको नर्भिक हुँदै पाटन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर र स्थिर रहेको छ ।
तीन महिना अघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका चितवनका ६० वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि तीन साताअघि अस्पताल भर्ना भएको अस्पतालकी चिकित्सक डा कल्पना श्रेष्ठले बताईन्। उनले भनिन, ‘हामीकहाँ मिर्गौला प्रत्यारोपण गरेर गएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको अहिले पाटन अस्पतालको भेन्टिलेटरमा उपचार भइहरेको छ ।’
उनले बिरामी १६ दिन मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना भएको र कोरोनाको आशंका लागेर परीक्षण गर्दा गत बुधबार रिपोर्ट पोजेटिभ आएको जानकारी दिइन्। उनले रिपोर्टका लागि आफूहरुले पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेर टेकुमा पठाएको भए पनि रिपोर्ट आउनुभन्दा एक दिन अघि बिरामी सिरियस भएर भेन्टिलेटरसहितको आइसीयू चाहिने भएकाले नर्भिक अस्पतालमा पठाएको र त्यही हुँदा रिपोर्ट पोजटिभ आएपछि पाटन अस्पताल लगिएको पनि जानकारी दिईन्।
बिरामीको छातीमा इन्फेक्सन भएकाले श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । बिरामी १६ दिन अस्पताल बस्दा चिकित्सकसहित २५ जना भन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कमा आएकाले सबैलाई क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गरिएको थियो । ती मध्ये १२ जनको रिपोर्ट नेगेटिभ आइसकेको डा श्रेष्ठले जानकारी दिइन्। उनले अन्यको भने रिपोर्ट आउन बाँकी रहेको बताईन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित