कैलालीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिका श्रीमती र दुई छोरामा पनि देखियो संक्रमण
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: कैलालीको गोदावरी नगरपालिका -१ मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ वर्षीय पुरुषको सम्पर्कमा रहेका श्रीमती र छोरामा पनि कोरोाना संक्रमण देखिएको छ ।
शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ वर्षीय छोराहरुमा कोरोना संक्रमण पृष्टि भएको हो ।
यसैगरी सोहि ठाउँका ५८ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृत्यु भएका ४६ बर्षिय पुरुषमा जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधवार सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा