गण्डकी प्रदेशमा शनिबार बिहान थपिए ५८ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहानै थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।
निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २५ जना, नवलपुरका १६ जना,गोरखाका ५ जना,म्याग्दीका १ जना, कास्कीका २ जना,स्याङ्जाका १ जना र बाग्लुङका ८ जना रहेका छन्।
निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले उनीहरु सबै क्वारेन्टाइनमा रहेका भएको र अहिले सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा