त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा खड्गाको कार्यकाल सकियो
हेल्थ टिभी अनलाइन\काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा प्रेम खड्गाको कार्यकाल आज सकिएको छ ।
१८ महिनाअघि कार्यकारी निर्देशकमा नियुक्त भएका डा खड्गाले ६५ वर्षको उमेर हदका कारण अवकाश पाएका हुन्। डा खड्गा २०७५ साल मंसीर २८ गते त्रिवि शिक्षण अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।
डा खड्गाले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै आफूले ४५ वर्ष अघि आईओएमबाटै सेवा शुरु गरेको र आईओएमबाट नै रिटायर्ड हुन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘मैले यहीं ४५ वर्ष सेवा गरेर बिताएँ, अब पनि बिरामीकै सेवामा लाग्नेछु तर कुन रुपमा कसरी भन्ने अहिले नै चाहिं सोचेको छैन्।’
शुक्रबार अस्पतालमा एक कार्यक्रम गरी उनलाई बिदाई गरिएको थियो । उनीसँगै शुक्रबार प्राडा अरुण सायमी, प्राडा प्रदीपकृष्ण श्रेष्ठ र प्राडा जेपी अग्रवाललाई पनि बिदाई गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा