बाँके र बर्दियामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार साँझ २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले साँझ ६ बजे विज्ञप्ति जारी गर्दै बाँके र बर्दियाका गरी थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके राप्ती सोनारीका ७ जना, वैजनाथ गाउँपालिकाका ७ जना गरी १४ रहेका छन्।
यसैगरी बर्दिया बढैया तालका २ जना, गेरुवाका १ जना र गुलरियाका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा