सुदूरपश्चिमममा थप १८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार थप १८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीका ७, डोटीका ४ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
शुक्रबार कोरोना देखिनेमा कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका २ र जानकीका १, बडिकेदार डोटीको बडिकेदारका ४ जना र कञ्चनपुरको पुनरवासका १ जा रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
यसअघि शुक्रबार नै डडेल्धुरामा थप ६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
परशुराम नगरपालिकाका ५ जना र गन्यापधुरा गाउँपालिकाका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा