भारतमा एकैदिन थपिए १३ हजार भन्दा बढी संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा १३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
त्यहाँ गत २४ घण्टामा १३ हजार ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । भारतमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। यसैगरी एकैदिन ३३६ जनाको ज्यान गएको छ ।
हालसम्म भारतमा ३ लाख ८० हजार ५ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ हजार ५३७ जनाको मृत्यु भइसकेको छ । यसैगरी २ लाख ४ हजार ७ सय दश जनाले कोरोना जितेका छन्। भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा