एउटै अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालका सबै सेवा बन्द
हेल्थ टिभी अनलाइन\काठमाडौं: पर्वत जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ ।
पर्वत जिल्ला अस्पतालले आज बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अस्पतालको इमरजेन्सी बाहेकको सबै सेवा बन्द गरिएको जनाएको हो ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आजै अस्पतालका डाक्टरसहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि इमर्जेन्सीबाहेक अरु सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा शिशिर देवकोटाले जानकारी दिए ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा