गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका २ जना, बाग्लुुङका १४ जना, कास्कीका ६ जना र स्याङ्जाका २ जना गरी २४ जना रहेका छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा