आईओएमका डीन प्राडा दिव्यासिंह शाहद्वारा पदवहाली
हेल्थ टिभी अनलाइन\काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का नवनियुक्त डीन प्राडा दिव्या सिंह शाहले आज पदवहाली गरेकी छिन्। सरकारले उनलाई हिजो डीनमा नियुक्त गरेको थियो । डा शाहको संस्थानमा कार्यकाल ४ वर्षको हुनेछ ।
डा शाहले आज दिउँसो कार्यालय महाराजगंज पुगी पदवहाली गरेकी हुन्। डीन कार्यालयमा मेडिकल विद्यार्थीले ताला लगाएपछि उनले सँगै रहेको अर्को भवनमा पदवहाली गरेकी हुन्।
पदवहालीपछि डीन शाहले आईओएममा थुप्रै सुधार गर्नुपर्ने कुराहरु रहेको भन्दै त्यसलाई प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन्। उनले सबै कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको पनि बताइन्। यसभन्दा अघिका डीन प्राडा जगदीशप्रसाद अग्रवालको उमेर हदका कारण गत जेठ २२ गते पदावधी सकिएपछि डीन पद रिक्त थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित