सेती अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि गरियो
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: कोरोना संक्रमणका कारण बुधबार सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले ब्यवस्थापन गरेको छ ।
मृतकको शव मोहना नदी किनारमा स्वास्थ्य मन्त्रालयको शव व्यवस्थापन सम्बन्धी मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो । हिन्दु संस्कार अनुसार मृत्यूपछिको कर्मकाण्ड पुरा गरी आफन्तसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहवरमा शवको व्यवस्थापन गरिएको बताइएको छ ।
मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए। कोरोना संक्रमितको मृत्यु भएमा परिवारले शव छुन नपाउने र टाढैबाट हेर्न सकिने उल्लेख छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा