सुदूरपश्चिममा थप १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिममा आज थप १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहीबार थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो।
बिहीबार थपिएका संक्रमित मध्ये डडेल्धुराका ८३, अछाममा २९ र बैतडीका २५ जना रहेका छन्। डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रशाद भट्टले बताए।
भारतबाट स्वदेश फर्केर विभिन्न क्वारेन्टाइनमा बसेका र यसअघि आरडीटी रिपोर्ट पोजेटिभ देखिसकेका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्।
नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेको जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए।
सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला रहेकाे र स्वाबको चाप बढ्दै गएपछि २ हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त