भारतमा कोरोना कहर: एकैदिन झण्डै १३ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन झण्डै १३ हजार नयाँ संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन १२ हजार ८ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ भने हालसम्म १२ हजार २३७ जनाको मृत्यु भइसकेको छ । भारतमा १ लाख ९४ हजार संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
यसैगरी गत २४ घण्टामा ३ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। कोरोना संक्रमित धेरै हुने देशहरुमध्ये अमेरिका, ब्राजिल र रुसपछि भारत रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा