मनाङका एक जनासहित गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार आव संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका १८ जना, तनहुँका १२ जना, गोरखाका ११जना र मनाङमा १ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै क्वारेन्टाइनमा रहेको र अब सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा