सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: कैलालीमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर -४ का ४६ बर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।
उनको स्वास्थ्य अवस्था हिजोदेखि नै बिग्रिदै आएको थियो । उनलाई अस्पतालले आईसियूमा राखेर उपचार गरिरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालले आईसियूमा राखेर उपचार भईरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि शनिबार उनलाई सेती अस्पतालमा ल्याइएको थियो ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त