रिफर गरेको बिरामीको कोरोनाले मृत्यु भएपछि लम्की अस्पतालका सबै सेवा बन्द
शेर भण्डारी\डडेल्धुरा: रिफर बिरामीको मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्कीचुहा अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।
अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।
नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका- २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ति महिलालाई लम्की अस्पतालले रिफर गरेको थियो।
टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा