नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मृत्यु भएकी ४३ बर्षिया महिलामा आज कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
उनको मंगलबार मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । मेडिकल कलेज कोहलपुरका सह निर्देशक डाक्टर नितेश कनोडियाले मृत्यु भएकी महिला कैलाली लम्कीचुहा नगरपालिका २ की भएको बताए । महिलाको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई जेठ ३१ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा अस्पताल आएकी उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा उक्त मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मात्र बाँके वैजनाथकी ४६ वर्षीय महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा