आईओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त भएकी छिन्। डीन सिफारिस गर्न बनको तीन सदस्यीय सर्च कमिटिले आज तीन जनाको नाम सिफारिस गरेको थियो ।
त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्राडा शाहलाई डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा शाहले आफूले भर्खर मात्र डीनमा नियुक्त भएको थाहा पाएको भन्दै आफू चिकित्सा शिक्षा क्षेत्रको सुधारमा लाग्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताईन्।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक हुन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा