भीटीएम अभावले सुदूरपश्चिममा स्वाब संकलन रोकियो
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य फेरी रोकिएको छ ।
यसअघि परीक्षण क्षमता पर्याप्त नहुँदा रोकिएको स्वाब संकलन कार्य बीचमा सुचारु भए पनि अहिले भीटीएम (स्वाब राख्ने भाँडो) नहुँदा फेरी रोकिएको छ ।
थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया भीटीएम नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन मंगलबारदेखि पूर्ण रूपमा रोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।
उनले केन्द्रमै भीटीएमको मौज्दात सकिएकाले प्रदेशमा अभाव हुन आएको बताए । उनले भने,’भीटीएम सकिएपछि अहिले पूर्ण रूपमा स्वाब संकलनको कार्य पनि रोकिएको छ ।’
उनले भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरिएको बताए । मंगलबार यता सुदूरपश्चिम प्रदेशमा शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको समेत स्वाब संकलन हुन सकेको छैन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा