शव वाहनले संक्रमित शव लान नमानेपछि गाउँपालिकाको गाडीमा लगियो
हेल्थ टिभी अनलाइन\बाँके: नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाका कारण मृत्यु भएकी महिलाको शव लैजान शववाहन तथा एम्बुलेन्स नमानेपछि वैजनाथ गाउँपालिकाका अध्यक्षले आफनो गाडीको प्रयोग गरेका छन्।
अस्पतालको आइसीयूमा उपचाररत महिलाको सोमबार नै मृत्यु भएको भए पनि उनको कोरोना रिपोर्ट भने हिजो मंगलबार राती मात्र आएको थियो । उनको रिपोर्ट नआएकाले दाहसंस्कार गरिएको थिएन। हिजो राती नै रिपोर्ट आएको भए पनि बिहान अबेरसम्म शव लैजान शव वाहन तथा एम्बुलेन्स नपाएपछि वैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले आफनो गाडी शव लैजान दिएका हुन्।
शव बोक्न सबै निकायले इन्कार गरेपछि आफनै गाडी प्रयोग गर्न दिएको रुचालले बताए । कोहलपुर अस्पतालमा रहेको शवलाई मानखोलामा लगरे स्वास्थ्य मन्त्रालयको शव व्यवस्थापन कार्यविधि अनुसार व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए ।
लुपस रोगसँग जुध्दै आएकी महिलालाई जेठ ३० गतेदेखि आइसीयूमा राखे उपचार गरिएको र असार १ गते उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उता दाहसंस्कार गर्ने स्थानमा पनि स्थानीयले विरोध गरेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम