बर्दियामा एकैपटक थपिए ३१ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बर्दियामा एकैपटक ३१ जना कोरोना संक्रमित थपिएका छन्।
भेरी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा बर्दिया जिल्लाका ३० जना पुरुष र १ जना महिला गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बर्दियामा ३१ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बर्दिया बढैयातालका २६ जना, राजापुर ५ का एक जना र बाँसगढीका ३ जना रहेका छन्।
याेसँगै आज बाँके वैजनाथ ६ की ४६ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएकाे छ । उनको मृत्यु सोमबार नै भएको भए पनि रिपोर्ट हिजो मंगलबार राती मात्र आएको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा