भारतमा कोरोनाबाट एकैदिन २ हजार भन्दा बढी मानिसको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतमा कोरोना भाइरस संक्रमणका कारण पहिलो चोटि एकै दिन २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा २ हजार तीन जनाको मृत्यु भएको हो। त्यहाँ गत २४ घण्टामा झण्डै ११ हजार कोरोना संक्रमित थपिएका छन्।
योसँगै भारतमा संक्रमितको कुल संख्या ३ लाख ५४ हजार नाघेको छ। तीमध्ये कोरोनाका कारण हालसम्म त्यहाँ ११ हजार ९ सय तीन जनाको मृत्यु भइसकेको छ । यसैगरी हालसम्म भारतमा १ लाख ८६ हजार जना कोरोना जितेर घर फर्केका छन्।
पछिल्लो समय अमेरिका, ब्राजिल, र रुसपछि भारतमा सर्वाधिक संख्यामा कोरोना संक्रमित देखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा