आईओएमको डीनका लागि तीन जनाको नाम सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान आईओएमको डीनका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले मंगलबार तीन जनाको नाम सिफारिस गरेको हो । उक्त सर्च कमिटिले डीनका लागि प्राडा प्रदीप वैद्य, प्राडा दिव्या सिंह शाह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ ।
गत जेठ २२ गतेदेखि उमेर हदका कारण प्राडा जगदीशप्रसाद अग्रवालको कार्य अवधि सकिएपछि डीन सर्च गर्न तीन सदस्यीय कमिटी बनाइएको थियो । उक्त कमिटीका संयोजक प्राडा प्रदीप ज्ञवाली,डा सुवास आचार्य र प्राडा जीवन शेरचन रहेका छन्।
मंगलबार सिफारिस गरिएका तीनै जना आइओएममै कार्यरत छन्। यी मध्ये प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा शाहको सम्भावना बढी देखिएको स्रोतको दावी छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा