बाँकेमा कोरोनाबाट ४६ वर्षीय महिलाको मृत्यु, मृत्युपछि मात्र कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचाररत ४६ वर्षीय महिलाको मृत्यु भएको हो ।
वैजनाथ गाउँपालिका -६ की ४६ वर्षीय महिलाको मृत्युपछि मात्र कोरोना रिपोर्ट पोेजटिभ आएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए । उनले भने, ‘कोहलपुरको मेडिकल कलेजमा आइसीयूमा उपचाररत एक महिलाको सोमबार मृत्यु भएको र उनमा मंगलबार मात्र कोरोना पुष्टि भएको हो ।’ उनले संक्रमित महिलाको शवको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको कार्यविधि अनुसार आज गरिने पनि जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि जेठ ३० गते कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी उनको सोमबार मृत्यु भएको हो । मंगलबार उनमा कोरोना संक्रमण भएको भनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
बाँकेमै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि नरैनापुरमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा