स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको भर्चुअल सम्मेलन हुने
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाका कारण स्थगित भएको राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा गर्ने भएको छ ।
परिषदले आफनो स्थापना दिवसको अवसर पारेर गर्दै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन यही असार २२ र २३ गते गर्ने भएको हो । कोभिड-१९ को महामारीको कारण परिषदले नियमित वार्षिक रुपमा गर्दै आएको सम्मेलन स्थगित गरेको थियो।
परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीय ज्ञवालीले कोरोना महामारीका कारण स्थगित भएको सम्मेलन भर्चुअल रुपमा गर्न लागिएको जनाकारी दिए । उनले विगत ५ वर्षदेखि यो सम्मेलन हुँदै आएको र यसको निरन्तरता जरुरी रहेको भन्दै भर्चुअल रुपमै भए पनि सम्मेलन गर्न लागिएको बताए । उनले यो भर्चुअल सम्मेलनमा अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरिने बताए ।
यसभन्दा अघि अप्रिल १० देखि १२ सम्म सम्मेलन गर्नका लागि मिति तय गरिएको थियो । सम्मेलनमा गत वर्षहरु जस्तै यस वर्ष पनि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम